पाप धुरीबाट करायो, नाबालिका बलात्कार गर्ने ६ वर्षपछि पक्राउ

appharu
7
Shares

नेपाली उखानै छ पाप धुरीबाट कराउँछ । त्यस्तै भएको छ एक यूवाको जीवनमा । बलात्कारजस्तो जघन्य पराध गरेर फरार रहेका ति यूवक ६ वर्षपछि जेलको हावा खाँदैछन् ।

नाबालिका बलात्कारमा दोषी ठहर व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन् ।
६ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइलीलाई प्रहरीले पक्रेको हो । रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरेका थिए । घटना गराएलगत्तै उनी फरार थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै ९ वर्ष काराबासको फैसला सुनाएको थियो। रसाइली पक्राउ परेसँगै बिहीवारै कारागार चलान गरिसकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?