काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले रोहित चन्द सहित ५ सिनियर खेलाडीलाई सागको बन्द प्रशिक्षणमा समावेश गर्ने भएको छ ।
उमेरसमूहको खेलाडी सहभागी हुने सागमा बढीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।
सोही अनुसार एन्फाले रोहित सहित पाँच खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । २३ बर्ष माथिको सिनियर खेलाडीमा रोहित सहित बिक्रम लामा, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आवश्यकताका आधारमा अन्तिममा तीन सिनियर खेलाडी छनोट गरिने बताए ।
एन्फाले सागको पुरुष फुटबलको जिम्मेवारी महर्जनलाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया