जनकपुरमा २ वटा टाउको भएको शिशु जन्मियो

काठमाडौं । जनकपुरमा एक महिलाले २ वटा टाउको भएको शिशुलाई जन्म दिएकी छन् । सिरहाको कर्जन्हा नगरपालिका बल्टिया घर भएकी २५ वर्षीय सविता वैद्यले बिहीबार २ बजे जनकपुरको मिहिलाल अस्पतालमा २ वटा टाउको भएको शिशु जन्माएकी हुन् ।

६ महिनाकी गर्वभती सवितालाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गराइएको थियो । उनको शल्यक्रिया गरी २ वटा टाउको भएको शिशु निकालिएको हो ।

सविताको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तर शिशुको भने जन्मिएको १ घण्टापछि नै ज्यान गएको छ । एउटै शरीरमा २ वटा टाउको भएकाले शिशुलाई बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?