बालाजुमा २ युवकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा लडेर दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश शाह र २० वर्षीय शिवराम शाह रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

पाइप सफा गर्ने क्रममा चिप्लीएर लड्दा घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल पुर्याइएको थियो ।
तर अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?