काठमाडौंमा जमघट भए काङ्ग्रेस जिल्ला सभापतिहरु

appharu
0
Shares

काठमाडौ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको वैठक सानेपामा चलिरहेको अवस्थामा राजधानी काठमाडौंमा नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरु भेला भएका छन् ।

शुक्रबार भएको भेलामा नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी, काठमाडौं सभापति सबुज बानियाँ, डडेल्धुरा सभापति कर्ण मल्ल, सिन्धुपाल्चोक सभापति विकास लामा, रोल्पा सभापति अमरसिंह पुन, सङ्खुवासभा सभापति दीपन कुमार श्रेष्ठ, काभ्रे सभापति मधु आचार्य लगायत काठमाडौमा उपलब्ध १९ जिल्ला सभापति जमघट भएको नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।

वैठकमा पार्टीको नियमावली लगाउन खोजिएको अङ्कुशका सम्बन्धमा तथा पार्टीको विधान कार्यान्वयन र समसामयिक विषयवस्तुमा छलफल भएको केसीले बताउनुभयो ।

वैठकमा डडेलधुरा सभापति कर्ण मल्लले, सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशनबाट निर्वाचित महिला संघको अध्यक्षलाई हटाएको विषयमा केन्द्रीय अध्यक्षसँग खास कुरा बुझ्न खोज्दा माथिको आदेश भन्दै पार्टी सभापतिप्रति इङ्गित गरेको बताउनुभएको थियो ।

यस्तो समस्या भोलि सबै जिल्लामा हुन सक्छ भन्दै जिल्ला सभापतिहरुको ध्यानाकर्षण समेत गराएको श्रोतले जानकारी दियो ।

साथै मल्लले आफ्नो जिल्लाको विवाद मिलाउन नसक्नेले पार्टीको नेतृत्व कसरी हाक्छन् भनेर प्रश्न समेत खडा गरेको श्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?