चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्ध : सञ्चारमन्त्री बाँस्कोटा

appharu
0
Shares

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै उहाँले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने गरेकाले पहिले नै लिखित सुझाव दिन सङ्घलाई आग्रह गर्दै चलचित्र विधेयकमा सरोकार भएका निकायको सुझाव आएपछि संसद्बाट पारित गराउने प्रक्रियालाई अघि बढाइने बताउनुभयो ।

सङ्घका संस्थापक एवं वर्तमान अध्यक्ष रवीन्द्र खड्काले चलचित्र नीति २०७१ लागू गर्न माग गर्नुभयो ।

विसं २०५५ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट सङ्घका लागि छुट्याइएको धापासीको दुई रोपनी जग्गा अझै उपभोग गर्न नपाएको बताउँदै उहाँले कानूनबमोजिम जग्गा उपलब्ध गराउन माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?