दोलखामा बाढी र पहिरोमा परेर २ जना बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर दोलखामा २ जना बेपत्ता भएका छन् । पहिरोका कारण करिब १५ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गौरीशंकर गाउँपालिका–१ को झगरेमा पहिरोले घर पुरिँदा ५६ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् ।

त्यस्तै, जुगुखोलामा आएको बाढीमा बगेर १९ वर्षीय निशान खड्का हराइरहेका छन् । खोलामा बस खसेपछि त्यसमा रहेका आफन्तको उद्धारका लागि पुगेका खड्का आफैं नदीमा बगेर बेपत्ता भएका हुन् ।

नदीमा खसेको बसका यात्रुको भने सकुशल उद्धार गरिएको डीएसपी राईले जानकारी दिए ।

गौरीशंकर गाउँपालिका–१ को झगरेमा बस्तीमाथिबाट भिषण पहिरो खसेको छ । पहिरोले त्यहाँ रहेका १५ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?