फ्रेन्च सुपर कपको उपाधि पीएसजीलाई

appharu
0
Shares
तस्वीर गूगल


एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार भएको फाइनल खेलमा रेनसलाई पराजित गर्दै नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले सिजनको पहिलो उपाधि जितेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र एन्जल डी मारियाले समान एक एक गोल गरे । रेनसका एड्रीन होन्युले एक गोल फर्काए ।

तस्वीर गूगल

योसँगै पीएसजीले किर्तीमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजी लियोनलाई पछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो ।

लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।

फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ । गत सिजन पीएसजीले लिग र रेनसले फ्रेन्च कप जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?