वेस्ट ईन्डिजविरुद्वको खेलमा भारतको अग्रता

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । वेस्ट ईन्डिजविरुद्व पहिलो टी-२० खेलमा भारत विजयी भएको छ । शनिबार राति भएको खेलमा भारत ४ विकेटले विजयी भएको हो ।

९६ रनको लक्ष्य भारतले १७ दशमलव २ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ओपनर रोहित शर्माले २४ तथा कप्तान विराट कोहली र मनिष पाण्डेले समान १९ रन बनाएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट ईन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । किरोन पोलार्डले ४९ रन बनाएपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

भारतका नवदिप सैनीले सर्वाधिक ३ विकेट लिए ।

अमेरिका र वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतले वेस्ट ईन्डिजसंग ३ म्याचको टी-२० सिरिज खेल्नेछ । जितसंगै भारतले सिरिजमा १-० को अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?