सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

appharu
0
Shares
s0f{ / ljZjsdf{nfO{ an x:tfGt/0f kf]v/f, !( ;fpg -/f;;_M /fli6«o v]ns”b kl/ifbsf ;b:o /fh]z u’?ªn] !# cf}F blIf0f PlzofnL v]ns”b k|ltof]lutf -;fu_ cGtu{t Xof08an v]nsf] aGb k|lzIf0fsf] z’ef/Dedf k|lzIfsåo c?0fnfn s0f{ / 6]saxfb’/ ljZjsdf{nfO{ an x:tfGt/0f ub}{ . pQm k|ltof]lutf sf7df8f}F / kf]v/fdf cfof]hgf x’g nfu]sf] 5 . t:jL/ M hd’gf jiff{ zdf{

काठमाडौं । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गर्नुभएको हो । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिनुहुँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताउनुभयो । उहाँले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिनुभयो । कार्यक्रममा नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गर्नुभयो ।

सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?