रोटरी क्लव अफ गोङ्गबुको चौथौं पदस्थापना कार्यक्रम सम्पन्न

काठमाडौं । मानविय र सामाजिक सेवाको क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय सामाजिक संस्था डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रहेको रोटरी क्लव अफ गोङ्गबुको चौथौं पदस्थापना एक कार्यकामबीच सम्पन्न भएको छ ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानका गर्भनर रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापना कार्यक्रममा रोटरियन वर्ष २०१८/ ०१९का अध्यक्ष कविता मान्नधरले वर्ष ०१९/२० का लागि नयाँ अध्यक्षको जिम्मेवारीमा आउनुभएका महेशकुमार बस्नेत नेतृत्वको कार्यसमितिलाइ कार्यभार हस्तान्तरण गर्नुभएको हो ।

डिस्ट्रिक ३२९२ नेपाल भुटानका गर्भनर रोटरियन किरणलाल श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हाल्दै गरेका क्लव अध्यक्ष बस्नेतसहित नयाँ रोटरी सदस्यता ग्रहण गरेका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको छ ।

कार्यक्रममा सपथ लिदै क्लव अध्यक्ष बस्नेतले आफनो कार्यकालमा रोटरी इन्टरनेशनलको मुल्य मान्यता अनुरुपका कार्य सम्पादन गर्दै क्लवको गरिमालाइ थप उच्च बनाउँने प्रतिवद्धता अभिव्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?