काठमाडौं,२६भदौ ।नेकपा एमालेले प्रादेशिक संरचनामा जाने निर्णय गरेको छ । यो निर्णय संगै हाल कायम रहेका गाउँ, नगर तथा क्षेत्रीय कमिटी विघटन भएका छन ।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार संगठन निर्माण गर्ने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।निर्णअनुसार अब एमालेको १६५ सदस्यीय प्रतिनिधिसभा कमिटी बन्नेछ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक जना संयोजक रहने गरी १६५ सदस्य रहने कमिटी गठन हुने भट्टराईले बताए । भट्टराईका अनुसार हाल क्षेत्रीय कमिटीमा रहेकाहरु स्वतः प्रतिनिधिसभा समिति सदस्य बन्नेछन ।यस्तै ३३० सदस्यीय प्रदेश सभा कमिटी पनि बनाइने छ । जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइनेछ भने हालको गाउँ तथा नगर समितिमा रहेकाहरु स्वतः यो कमिटीमा रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया