शिविरमा १९ जना बिरामीको निःशुल्क शल्यक्रिया

रुकुम, १७ पुस । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको आयोजनामा सञ्चालन भएको शिविर एक महिनासम्म सञ्चालन हुने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिए शिविरमा हाडजोर्नी, आगोले पोलेर शरीर अंगभंग भएको, महिलाको पाठेघर तथा पेटसम्बन्धी समस्या भएका बिरामीको शल्यक्रिया भइरहेको उनले बताए आर्थिक अभावले गर्दा जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने बिरामीका लागि शिविरले राहत दिएको बिरामीको भनाइ छ । शिविरमा डा. एन शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाका जटिल समस्या भएका बिरामीले उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?