प्रधानमन्त्रीको उपचार खर्चबारे यसो भन्छन् मन्त्री बास्कोटा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । सिंगापुरमा उपचारका क्रममा रहनुभएको प्रधानमन्त्री ओलीको उपचार खर्च आफैले बेहोर्ने सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले यस्तो जानकारी दिनुभएको हो ।

आइतबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीसहितको परिवारका सदस्यका लागि आउने जाने प्लेन टिकेट मात्र सरकारी खर्चमा हुने र बाँकी लाग्ने उपचार खर्च प्रधानमनन्त्री स्वंयले बेहोर्ने बास्कोटाले बताउनुभयो ।
उहाँको अनुसार प्रधानमन्त्रीसँगै जाने सरकारी कर्मचारीको हवाई भाडा, बस्ने व्यवस्था भने सरकारी खर्चमा हुनेछ ।

प्रधानमन्त्री ओली उपचारका लागि शनिवार सिंगापुर प्रस्थान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?