काठमाण्डौं । मिलन डी काप्रीको निर्देशनमा चलचित्र ‘षडकोण’ निर्माण हुने भएको छ ।
चलचित्र मनोवैज्ञानिक रहस्य विधामा आधारित रहेको आइतबार आयोजित कार्यक्रम मार्फत निर्माण टोलिले जानकारी दिएको छ ।
शिशिर वनेमको कथा पटकथा रहेको चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायत कलाकारको भूमिका रहनेछ भने मुख्य नायिकाको खोजी भइरहेको निर्देशक काप्रीले कार्यक्रम मार्फत जानकारी दिनुभयो ।
भदौ १८ गतेबाट फ्लोरमा जाने ’षडकोण’लाई आङछेन लामाले छायाँकन गर्नुहुनेछ । क्लेमेन्टाइन प्रोडक्सन प्रालिको व्यानरमा चलचित्र निर्माण हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया