भण्डाराको उपचार गर्न मासिक २५ हजार सरकारले दिने

appharu
0
Shares
तस्वीर: गूगल

काठमाण्डौं । सरकारले कञ्चलपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारालाई राहत स्वरुप मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को निर्णय अनुसार घाइते भण्डारालाई मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै गत भदौ ७ र ८ गतेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएका भीमदत्त नगरपालिका –४ का भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अचेत अवस्थामा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?