अन्तिम मिनेटमा स्वारेजको दमदार गोल, आर्सनल स्तब्ध

appharu
0
Shares
तस्वीर: गूगल


एजेन्सी । प्रि-सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आर्सनललाई पराजित गरेको छ ।

आईतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।

तस्वीर गूगल

खेलको ३६ औ मिनेटमा पिरे एमरिक अबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । आईन्सले मैटल्याण्ड नाईल्सको ६९ औ मिनेटमा आत्मघाति गोलमा बार्सिलोना खेलमा फर्किएको थियो ।

तस्वीर गूगल

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुईस स्वारेजले अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाउन सफल रहे ।

प्रि–सिजनको अन्तिम खेलमा आर्सनलले बलियो टिम मैदान उतारेपनि हार टार्न भने सकेन । आर्सनलले आगामी आईतबार न्युक्यासलसंग खेल्दै प्रिमियर लिगको सूरुवात गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?