सन्दीपको एक विकेटले दिलायो टोरन्टोलाई जित

appharu
0
Shares
तस्वीर गूगल

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सुधारिएको प्रर्दशन गर्दै एक विकेट लिएपछि ग्लोबल टी-ट्वान्टी क्रिकेटमा टोरन्टो नेसनल्सले जित हासिल गरेको छ ।

आईतबार राति भएको खेलमा सन्दीप सम्मिलित टोरन्टोले मोन्ट्रियल टाइगर्सलाई ४ विकेटले हराएको हो ।

सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । काईल कोएट्जरले बनाएको २६ रन टोलीको सर्वाधिक स्कोर रह्यो ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २८ रन खर्चिर १ विकेट लिएका थिए ।

१ सय ३७ रनको लक्ष्य सहित मैदान उत्रिएको टोरन्टोले १७ दशमवल ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य परा ग¥यो । चिराग सुरीले सर्वाधिक ५२ रन बनाएर टोलीको जितको यात्रा तय गरे ।

जितपछि चौथो स्थानको टोरन्टोले ५ खेलबाट ४ अंक जोडेको छ । तेस्रो स्थानको मोन्ट्रियलको ५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?