हिमानी शाहको पशुपतिनाथमा २० मिनेट

appharu
0
Shares

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथको दर्शन गर्नु भएको छ । पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गर्नु भएको हो ।

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुग्नु भएका उहाँले करिव २० मिनेट मन्दिर भित्र पूजा आराधना गर्नु भएको थियो । साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

सोही अवसर पारेर पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गर्नु भएको थियो । दर्शनका क्रममा पूर्व युवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पनि पूरा गरिदिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?