पुरुष भलिबल यसै सातादेखि शुरु

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ ।

सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो । एक सय सत्र टोली सहभागी हुने उक्त प्रतियोगितामा विजेताले एक लाख तथा उपविजेताले ५० हजार पुरस्कार पाउनेछन्।

त्यसैगरी तेस्रो हुनेले २५ हजार र चौथो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।

तीनदिने उक्त प्रतियोगिता नयाँ बसपार्कमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?