१५ किलो चाँदीसहित एक पक्राउ

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । प्रहरीले १५ किलो चाँदीसहित एकलाई पक्राउ गरेको छ ।

हेलमेटमा लुकाएर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीले सोमबार विशेष सूचनाको आधारमा दसगजाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा जिल्ला मुसरनिया गाउँपालिका वडा नम्बर-२ निवासी ३२ बर्षीय वीरेन्द्र महतो छन् । भारतीय पहिचान पत्र, बैंक खाता र चालक अनुमति पत्रसमेत रहेका महतोले यसअघि पनि चाँदी तस्करी गरिसकेको बीओपी मटिहानीका प्रहरी इन्चार्ज शुभाषचन्द्र मैनालीले बताउनुभयो ।

महतोलाई भारतीय नम्बर BR 32 L 0689 प्लेटको मोटरसाइकल र चाँदीसहित जलेश्वर भन्सार कार्यालय मालीवाडा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?