घाँटि रेटेर महिलाका गहना लुटपाट

appharu
0
Shares

सम्राट सिंह- बझाङ जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटि रेटेर गहना लुटपाट गरेको छ । थलारा गाउँपालिका वडा नम्बर ५ घर भएकी विमला खाती वलीको हिजो साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट भएको हो ।
केदार स्युँ गाउँपालिका ९ माइती घर भएकी वली सोमबार माइती घरबाट पोइलीघर जाने क्रममा थलारा गाउँपालिका ३ को शिलाकोट भन्ने ठाउँमा लुटपाट भएको थियो ।
वलीका घाँटी,कान र नाकमा लगाएको सम्पुर्ण गहनाहरु लुटपाट गरेको जनाएको छ ।
गहना लुटपाट सँगै वलीको घाँटी,नाक र कानमा गहिरो चोट छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरेको छ ।
लुटपाट गर्नेको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य बहादुर केसीले जानकारी दिए । अनुसन्धान अपराधिक समुहको नजिक पुगिसकेको छ केहि दिनमै लुटपाटमा संलग्न सबै पक्राउ पर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?