अविरल वर्षाले महाकालीमा पानीको बहाव बढ्यो, नेपाल–भारत आवागमन ठप्प !

appharu
0
Shares
Heavy rainfall flooded the intersection of 15th Street and Constitution Ave., NW, stalling cars in the street, Monday, July 8, 2019, in Washington. (AP Photo/Alex Brandon)

अविरल वर्षाका कारण महाकालीमा पानीको बहाव बढ्दा नेपाल–भारत आवागमन ठप्प भएका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । महाकालीमा पानीको बहाव बढेपछि नेपाल–भारत आवागमन ठप्पप्राय छ ।
महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीमा रहेको शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ । जसका कारण कञ्चनपुरको सीमावर्ती क्षेत्र गड्डाचौकी भएर भारत जाने र भारतबाट नेपालतर्फ आउने चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर लगायतका क्षेत्र जलमग्न भएका छन् । यसैबिच जल तथा मौसम विज्ञान महाशाखाले चट्यानसहित वर्षा हुने भएकोले सचेत हुन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?