विप्लव समूहका तीन नेतालाई यसरी पक्रियो प्रहरीले

appharu
0
Shares


प्रतिबन्धित विप्लव समूहका ३ नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई काठमाडौँको मैतीदेवीबाट पक्राउ गरेको हो। विक सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता भएको बताइन्छ । मकर पार्टीका वैकल्पिक केन्द्रीय सदस्य हुन् भने उमा तमुमुक्ति मोर्चाको पूर्वकेन्द्रीय सदस्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विप्लव समूहका नेता जीवन कार्की ‘जीवन्त’लाई रिहा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?