महेशले किन काठमाडौँ ल्याउँदै थिए एसएलआरको ३ राउन्ड गोली ?

appharu
0
Shares

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ वाईपास चोकबाट एसएलआरको गोली ३ राउन्ड सहित प्रहरीले एजनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु साविक पतहरिया गाविस–७ सौसा बस्ने २२ वर्षीय महेश थारु एसएलआरको ३ राउन्ड गोलीसहित पक्राउ परेका हुन् ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ३१९ नम्बरको ट्रकमा लुकाएर काठमाडौँ ल्याउँदै गर्दा उनलाई प्रहरीले प जाँच गर्दा ट्रकका सहचालक थारुले पुरानो कपडामा बेरिराखेको अवस्थामा लुकाएको गोली बरामद गरिएको हो । एसएलआरको ३ राउन्ड गोली महेशले किन काठमाडौँ ल्याउँदै थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रयोग गरिएको तस्वीर प्रतिकात्मक तस्वीर : गूगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?