कुलमान घिसिङ र बर्षमान पुन श्री ३ महाराज: सांसद महत

appharu
0
Shares

काठमाडौं । नेकपाका सांसद गजेन्द्र बहादुर महतले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद महतले कर्णालीको सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै आक्रोश पोख्नुभयो ।

जिल्लाबासीको समस्या बारे जानकारी गराउन खोज्दा उर्जा मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले भेट नदिएको गुनासो उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “यति मिडियामा आईसक्यो । यति सामाजिक सञ्जालमा आइसक्यो । यति धेरै हामीले फोन गरिसक्यौ । यति धेरै भेट्न कोशिश गर्यौ हाम्रा श्री ३ महाराजलाई । हाम्रा श्री ३ महाराज भन्या को हो भने कुलमान घिसिङ । अनि अर्का श्री ३ महाराज हुनुहुन्छ बर्षमान पुन । उर्जामन्त्री । फोन पनि उठ्दैन भेटघाट गर्न पनि पाईदैन ।”

उहाँले जुम्लाबासीको समस्यालाई पनि राष्ट्रिय समस्याको रुपमा बुझिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? यिनीहरुसंग भेट कसरी गर्ने हो ? यिनीहरुसंग हाम्रो जिल्लको समस्या कसरी राख्ने ? के विद्युत् प्राधिकरण छैन यो नेपालमा ? जुम्ला जिल्ला भन्ने छैन ?जुम्ला जिल्लामा १ लाख मानिसहरु बस्छन् ।

मोबाईल चलाउन नपाएर कति गाहे भईरहेको छ । जात्रा आयो । दशै आयो, तिहार आयो । ”

प्राधिकरण भित्रको कमिसनका बारेमा आफुले सुनेका कुरा नै सही रहेछ भन्ने लागेको भन्दै उहाँले भारत बेच्ने भनिएको बिजुली जुम्लालाई बेच्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हामीले यति प्रगती गर्यौ भनेर यिनीहरु कुर्लेको कुर्लेईछन् । इण्डियालाई बत्ति बेच्दैछु भन्छन् ।

हामीलाई बेचिदिनोस् । कृपया जुम्लालाई बेचिदिनोस् तपाईहरु । त्यहाँ पनि जनता छन् । त्यहाँ पनि मोबाईल छ । त्यहाँ पनि पढ्ने विद्यार्थी छन् । त्यहा पनि बिरामी छन् । हाम्रा यी श्री ३ महाराजलाई म फेरी भन्न चाहन्छु । तपाईहरुले जुम्लाको समस्या हेरिदिनुपर्यो । मैले सुन्ने गरेको थिएँ । यिनीहरुको सेवा जहाँ कमिसन आउँछ । त्यहा मात्रै विस्तार गर्छन् भन्ने सुनेको थिएँ । आज मलाई विश्वास लागेको छ । यीनीहरु जहाँ पैसा आउँछ । जहाँ पैसा आउछ त्यही मात्रै यीनीहरुले सेवा विस्तार गर्दा रहेछन् ।”

आज मलाई विश्वास लागेको छ । यीनीहरु जहाँ पैसा आउँछ । जहाँ पैसा आउछ त्यही मात्रै यीनीहरुले सेवा विस्तार गर्दा रहेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?