ऐन विपरित नागरिकता प्रदान गर्नेलाइ कारवाहीको माग

appharu
0
Shares
तस्वीर गुगल

काठमाडौं । नेकपाका सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्र्दभमा उहाँले नागरिकता दिने लाई पनि कारवाही गर्न माग गर्नुभएको हो । उहाँले ‘नागरिकता पाउनेलाई मात्रै कारवाही गर्ने तर नागरिकता दिनेमाथि कारवाही किन भएन ?’ भनी प्रश्न गर्नुभयो ।

उहाँले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारवाही भएको सुन्नमा नआएको भन्दै उहाँले ती अधिकारीलाई कारवाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले भन्नुभयो “नागरिकता त खारेज गरियो सभामुख महोदय, जसले दिएका छन् तिनमाथि कारवाही भयो कि भएन ? कति जनामाथि कारवाही भयो ।

ती आफै कही बजार बाट किनेका नागरिकता होइ न होला । आफैले निर्माण गरेको आफैले हस्ताक्षर गरेको होइन होला । प्रमाणपत्र दिने अधिकारी हरु माथि के के कारवाही भयो त्यसको जानकारी सदनले पाउन पाए हामी अनुग्रृत हुन्थ्यौ होला । ”

उहाँले यस बर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र पुन प्रभावित हुने देखिएको भन्दै बर्षेनी मल अभावको कर्मकाण्डी समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी दुई तिन बर्ष देखि उखु किसानहरुले भुक्तानी नपाएको र सरकारले दिएको अनुदान पनि कृषि मन्त्रालयको बनाएको कार्यविधिमा रहेका अड्चनका कारण किसान समक्ष पुग्न नसकेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “कार्यविधि मन्त्रीपरिषद्ले बनायो कृषि मन्त्रालयले त्यसमा थप कलाकारिता गरेको हुनाले त्यो पैसा सम्पुर्ण जान सकेको छैन । ”

सरकारले उखु किसानलाई प्रति किलो ६५ रुपैया २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । तर कार्यविधिमा रहेको जटिलताका कारण सबै उखु किसानले पाउन सकेका छैनन् ।

सांसद त्रिपाठीले उखु किसानले उखुको भुक्तानी नपाएको तथा सरकारले प्रदान गरेको अनुदान प्राप्त गर्न नसकेकोको सन्र्दभमा पटक पटक सदनमा आवाज उठाउदै आउनुभएको छ ।

नेपाली कांग्रेसका सांसद मोहमद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुनस्थापनामा सरकार गम्भीर नभएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

अनुगमनका क्रममा आफु त्यस क्षेत्र जाँदा रौतहतका बाढी प्रभावितहरुको दयनिय अवस्था देखेको र अन्य स्थानका बाढी प्रभावितको अवस्था पनि त्यस्तै रहेको भन्दै उचित पुर्नस्थापना र राहत वितरणमा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो । उहाँले सरकार “सुतेर बसेको”टिप्पणी पनि गर्नुभयो ।

लालबकैया र बागमतीको तटबन्ध ठाउ ठाउमा भत्किएकाले फेरी पनि खतरा कायमै रहेको भन्दै तटबन्धको उचाई बढाउन सरकारसंग माग गर्नुभयो ।

राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडीतको उचित प्रबन्धका तत्काल कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी प्रभावितको राहत तथा पुनस्थापनाका लागि सदनमा आवाज उठिराखेको भएपनि त्यसको सुनुवाई नभएको मा आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो “यो कम्युनिष्ठको सरकार गरिबको सरकार हो वा पक्का वालाको सरकार हो ? छाप्रो भएको व्यक्तिहरु सबै गरिब हुन्छ ।

कम्युनिष्ठ सरकार रहेछ भने त सब भन्दा पहिले छाप्रोलाई हेर्नुपथ्र्यो । तर आज सम्म घर बन्न सकेको छैन । बाढी आयो भने राती जनताले फोन गर्छ हामी डुबानमा पर्यौ । के गरेर बस्या छौ ? के गर्दिने हाम्ले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?