अवैध रुपमा यौनशक्ति वद्र्धक सामाग्री बिक्री गरी ठगी गर्ने पक्राउ

काठमाडौं, १७ पुस । अवैध रूपमा यौन शक्तिवद्र्धक सामाग्रीहरू बिक्री वितरण गर्ने १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको छ विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा यौनशक्ति, सुपर यौन, यौन सन्तुष्टी जस्ता विज्ञापन प्रकाशित गरी उपत्यका आसपासका ईलाकाहरुमा केहीले कम्पनी समेत दर्ता नगरी तथा दर्ता भएका कम्पनीहरुले समेत सर्वसाधारणमा भ्रम सिर्जना गरी झुक्याई ठगी गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?