धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३६ अङ्कले घटेर एक हजार २४५ दशमलव ७३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९१ अङ्कले घटेर २६९ दशमलव १० मा पुगेको छ । स्टकका अनुसार कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका १२ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । बैंकिङ ९ दशमलव ३६, व्यापार १ दशमलव ६९, होटल २५ दशमलव ८८, विकास बैंक ५ दशमलव २१, जलविद्युत् ६ दशमलव ८३, वित्त ४ दशमलव ७४, निर्जीवन बीमा ४० दशमलव ९७, उत्पादन ३० दशमलव ६४, अन्य १ दशमलव ६, लघुवित्त २१ दशमलव ०९, जीवन बीमा ६ दशमलव ११ र सामूहिक लगानी कोष ० दशमलव ०९ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको आठ करोड ५४ लाख ४१ हजार ३६८ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड चार करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया एक करोड ९६ लाख नौ हजार ८०९, प्रभू बैंक एक करोड ३१ लाख ५२ हजार ६७१, लुम्बिनी विकास बैंक एक करोड १८ लाख तीन हजार ३९९ र सिद्धार्थ बैंक लिमिटेडको एक करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज जोशी हाइड्रोपावर २ दशमलव ७४, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २ दशमलव ६०, लक्ष्मी लघुवित्त वित्तीय संस्था २ दशमलव ६०, कालीका पावर कम्पनी २ दशमलव ३३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले कमाए ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाउँदा स्पर्श लघुवित्त वित्तीय संस्था ९ दशमलव ९३, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९ दशमलव २१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ८ दशमलव १३, गुराँस लघुवित्त वित्तीय संस्था ७ दशमलव ४२ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतले गुमाए ।

यस्तै स्टकमा आजदेखि रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीका शेयर कारोबार शुरु भएको छ । स्टकले रसुवागढीलाई शुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९७ रुपैयाँ २९ पैसा र अधिकतम् २९१ रुपैयाँ ८७ पैसा तोकेको थियो ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९६ रुपैयाँ ३२ पैसा र अधिकतम् २८८ रुपैयाँ ९६ पैसा तोकेको थियो ।

ती दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?