एजेन्सी । क्यानाडामा जारी रोजर्स कप टेनिसमा विश्व नम्बर एक एस्लेइघ बार्टी दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
मंगलबार राति भएको खेलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
फ्रेन्च ओपन च्याम्पियन २३ वर्षे बार्टीलाई सोफियाले ६-७९५-७०,६-३ र ६-४ को सेटमा हराईन् ।
अब सोफियाले डायना यास्ट्रीमास्का र भिक्टोरिया अजारिन्काबीचको विजेतासँग खेल्ने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया