सवारी व्यवस्थापनका लागि छुट्टै प्राधिकरण

appharu
0
Shares

काठमाडौं । सरकारले छुट्टै प्राधिकरण गठन गरेर काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन गर्ने भएको छ ।

यसका लागि संसदमा ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक दर्ता भएको छ ।

काठमाडौं उपत्यकाभित्र एकीकृत यातायात प्रणालीको विकास गर्ने सम्बन्धमा नीति, अल्पकालीन तथा दीर्घकालीन योजनामा र रणनीति तयार गर्ने, सञ्चालन तथा व्यवस्थापन गर्ने, विद्युतीय भाडा तथा सूचना प्रणालीको विकास गर्ने र सरकारका विभिन्न तहमा समन्वय गर्ने काम कर्तब्य र अधिकार यो प्राधिकरणलाई दिन प्रस्ताव गरिएको छ ।

प्राधिकरण्को काम कारवाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषद गठन गर्न प्रस्ताव गरिएको छ ।

अध्यक्षमा काठमाडौंका मेयर र उपाध्यक्षमा ललितपुर महानगरका मेयलाई राख्ने विधेयकमा प्रस्ताव गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?