काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गर्नु भएको छ । मेयर शाक्यले संघीयताविरोधि गतिविधि हुन नदिन पनि महानगरबासीलाई सचेत गराउनु भयो । मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दावी पनि गर्नु भयो । उहाँले महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पार्नु भयो । मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताउनु भयो । ‘सम्पदाको पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको छ,’ मेयर शाक्यको स्पष्टिकरण थियो, ‘महानगरबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा करको दर बढाएका छैनौं ।’
मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरु लागि परेको दावी पनि गर्नु भयो । उहाँले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई सचेत गराउने काममा लाग्न पनि महानगरबासीलाई आग्रह गर्नु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया