धत् हाम्रा सांसद ! गणपुरक संख्या नपुगेपछि संसद बैठक नै स्थगित

काठमाडौँ । सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ पारित गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको छ ।
प्रतिनिधिसभाको विहिबारको बैठकमा सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७६ लाई पारित गराउने क्रममा सांसद देव प्रकास तिमिल्सिनाले गणपुरक सख्या नपुगेको भन्दै प्रश्न उठाएपछि ३ मिनेट घण्टी बजाएर गणन गरिएको थियो । गणना गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

नेपालको संविधानको धारा ९४मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार गणपुरक संख्या ६९ हुनुपर्नेमा ४१ मात्रै भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

विहिबार नै बसेको दोश्रो बैठकले भने सो विधेयक सर्वसम्मति पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?