एक घण्टामै २४ अंकले बढ्यो सेयर बजार

काठमाडौं, १७ पुस । केही सातादेखि निरन्तर ओरालो लागेको सेयर बजारमा यो हप्ताको दोस्रो दिन सोमबार भने कारोबारमा बढेको छ । सोमबार कारोबार सुरुभएदेखि नै बढेको सेयर बजार एक घण्टाको अवधिमा २४ अंकले उकालो लागेको छ दिउसो १२ बजेसम्म नेप्से सूचक २४.४७ अंकले बढेर १४१५.०५ अंकमा उक्लिएको छ । कारोबारमा आएका सबै समूहका सूचक सकारात्मक रहेपछि बजार दोहोरो अंकले बढेको हो १२ प्रतिशतभन्दा बढी ब्याजदरमा निक्षेप नलिने बैंकहरुबीच भएको भद्र सहमति, मार्जिन कर्जाको सीमा बढाउने बारेमा लगानीकर्ता र बैंकहरुबीच भएको सकारात्मक छलफल तथा बजारमा तरलतामा सहज बनाउन राष्ट्र बैंकले थप रकम प्रवाह गर्ने लगायतका खबरहरुले बजारलाई बढाउन थप टेवा पुर्याएको देखिन्छ अर्कातर्फ निरन्तर घटेर तल्लो विन्दुमा पुगेको बजारमा सेयर खरिदकर्ताको बढ्दो मागले समेत बजार बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ एक घण्टाको अवधिमा ११७ कम्पनीको झण्डै ७ करोड बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?