धादिङमा बस दुर्घटना, ३ जनाको मृत्यु

appharu
0
Shares
तस्वीर: गूगल

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको मृत्यु भएको छ।

सर्लाहीबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४ ६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको तर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

अन्य ११ जनाको उद्धार गरिएको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । अहिले उद्धारको काम भैहरेको छ ।

घाइतेहरुलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?