अपडेट : त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो, १५ वढी वेपत्ता

appharu
0
Shares
तस्वीर: गूगल

धादिङ । त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सर्लाहीबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४ ६९ नम्बरको बस शुक्रबार बिहान बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूलीमा खस्दा १६ जनाभन्दा बढी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

दुर्घटनामा घाईते भएका १४ जनाको स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान गरिएको छ । अहिले उद्धारको काम भैहरेको छ ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल नदीमा खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरूले उद्दार गरिरहेका छन् ।

धादिङमा बस दुर्घटना, ३ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?