उपनिर्वाचनमा विद्युतीय मतदान नहुने

appharu
0
Shares

काठमाण्डौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ ।

संविधानसभाका दुइटै उपनिर्वाचनमा मेसिन प्रयोग सफल भए पनि दलहरुले इच्छा नदेखाएपछि अहिले निर्वाच आयोगले मेसिनको तयारी नै गरेको छैन ।

प्रतिनिधिसभाको १ प्रदेशसभा ३ र स्थानीय तहका प्रमुखरअध्यक्ष ४, उपाध्यक्ष १ र वडाअध्यक्ष ४१ गरी कुल ५० पदका लागि उपनिर्वाचन हुँदैछ ।

‘यसपटक मेसिन प्रयोगको सम्भावना छैन, त्यसको प्रक्रियामै लागिएन,’ आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले भने,‘भक्तपुरदेखि हुम्लासम्म निर्वाचन गराउनुपर्नेछ ।

अबको तयारीले मेसिन प्रयोगका लागि समय पनि पुग्दैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?