काठमाडौं । उपचारका लागि सिंगापुर जानुभएको प्रधानमन्त्री केपी शर्मा ओलीको बसाइ एक दिन लम्बिएको छ ।
शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाइ लम्बिएको हो ।
उहाँ सोमबार अपराह्न थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणका रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ ।
१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरमा नियमित स्वास्थ्य जाँचका लागि जाने गर्नुभएको थियो ।
स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले नेशनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया