आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

appharu
0
Shares

आज यो वर्षको साउनको अन्तिम सोमबार । देशभरका शिवका मन्दिरहरुमा विशेष भीड लागेको छ । हरेक दिन विशेष हुने पशुपतिनाथ मन्दिर साउनको हरेक सोमबार अझ विशेष हुने गर्छ ।
यसवर्षको साउने सोमबारको अन्तिम दिन आज काठमाडौँ पशुपतिनाथ लगायत मुलुकभरका शिवमन्दिरमा बिहानैदेखि ब्रतालुको भीड लागेको छ । सोमबार ब्रत बस्नेहरुले आज अर्थात् अन्तिम सोमबार समापन गर्छन् । यतिबेला देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्न काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।

यसैबीच, भगवान शिवका उपाशकहरुलेले साउन महिनाको बोलबम यात्रा पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?