नाडालले चुमे पाँचौं पटक रोजर्स कपको उपाधि

एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले रोजर्स कप टेनिसको उपाधि जितेका छन् ।

क्यानडाको मोन्टरियलमा आइतबार राति भएको फाइनलमा रुसका डानिल मेड्भेदेबलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् । विश्व नम्बर एक नाडालले मेड्भेदेबलाई ६-३ र ६-० को सेटमा पराजित गरे ।

योसँगै नाडालले पाँचौं पटक रोजर्स कपमा कब्जा जमाए । यो उनको ३५ औं मास्टर्स उपाधि हो । महिलातर्फको उपाधि क्यानडाकी बियान्का आन्द्रेसकुले जितिन् ।

फाइनलमा सेरेना विलियम्सले चोट बोक्दै रिटायर्ड भएपछि आन्द्रेसकुले उपाधि जितेकी हुन् ।

तस्वीर गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?