चिकित्सक बने ग्वाटेमालाको नयाँ राष्ट्रपति

एजेन्सी । मध्य अमेरिकी देश ग्वाटेमालाको नयाँ राष्ट्रपतिमा अलेजन्ड्रो जियामेटी चुनिनुभएको छ । कुल ९५ प्रतिशत मत गणना सकिँदा ६३ वर्षीय जियामेटीले ५९ प्रतिशत मत ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकट प्रतिद्वन्दी सान्द्र टोरेसले ४१ प्रतिशत मत ल्याउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जियामेटीले प्रमुख रुपमा असुरक्षा, बेरोजगार, महंगो जीवनशैली र भ्रष्टाचारलाई निस्तेज पार्ने घोषणा गर्नुभएको छ ।

उहाँले ग्वाटेमालालाई पुनः बनाउने बताउनुभएको छ । चिकित्सक समेत रहनुभएका नव निर्वाचित राष्ट्रपति जियामेटीले आगामी ४ वर्षसम्म देशको नेतृत्व गर्नुहुनेछ । उहाँले आगामी सन् २०२० को जनवरीमा मात्र पदभार सम्हाल्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?