इनोभेटिभ ओमन्स सहकारीद्वारा आयोजित नेतृत्व विकाश र उद्घोषण तालिम सम्पन्न

appharu
7
Shares


इनोभेटिभ ओमन्स बचत तथा ऋण सहकारी संस्था लि द्वारा आयोजित महिलाहरुको लागि नेतृत्व विकाश र उद्घोषण तालिम सम्पन्न भएको छ ।

घरधन्दामा र व्यवसायमा अब्बल भएतापनि बाहिरी कार्यक्रममा बोल्न लाज लाग्ने, डर लाग्ने भएकोले आफूहरुले चाहना राखेको सकारात्मक कामहरु र समाजमा भएका एजेण्डा सफल नभएको भन्दै प्रष्ट रुपमा बोल्न महिला दिदीबहिनीको माग आएकोले कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष बिजु पाण्डे सिलवालले बताउनुभयो ।

संस्थाकी उपाध्यक्ष रेवति बर्तौला भन्नुहुन्छ, “महिलाहरु जायज कुरा उठान गर्ने भएतापनि उहाँहरु बोल्न डराउने कारणले महिलाहरु पछि परेका हुन् । अवसर पाएमा पक्कै पनि महिलाले आफ्नो घर परिवार समाज सुधार गर्न सक्छन् ।”

नागार्जुन नगरपालिका वडा नम्बर ९ स्यूचाटार काठमाडौँमास्थित सहकारीको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी ९ नम्बर वडा सदस्य रामेश्वरी ठकुरानीले महिलाहरुमा आएको जागरण प्रशंसनिय भएको भन्दै अझै महिलाहरुलाई मानव अधिकार, महिला अधिकार र संहिताबारे जानकारी आवश्यक रहेको भन्दै वडामा आवश्यक छलफल गरी बजेटको व्यवस्था गर्न अनुरोध गर्ने बताउनुभयो ।

२ दिने तालिममा सहभागि रत्नकला ओली डल्लाकोटीले तालिम उत्साहबर्दक भएको भन्दै आगामी दिनमा यस्तै उपलब्धिमूलक कार्यक्रम आयोजना गर्न आफ्नो सहकारी तथा वडा सदस्यलाई आग्रह गर्नुभयो ।
तालिममा व्यक्तित्व विकास, जान्नैपर्ने केहि कानून, नेतृत्व विकास, माईक्रोफोनमा बोल्ने तरीका तथा सुन्दर ढंगले आफ्ना कुराहरु अभिव्यक्ति गर्न अपनाउनुपर्ने उपायहरुका विषयमा जानकारी गराईएको थियो । प्रयोगात्मक रुपमा तालिम लिन पाएको भन्दै सहभागि कमला पौडेलले ले निर्धक्क बोल्न सक्ने आँट दिएकोमा संस्थालाई धन्यवाद् व्यक्त गर्नुभयो । आफूले पढ्न नपाएको दिनहरु सम्झिदै उहाँले भन्नुभयो, “अब छोरीहरुले आत्मनिर्भर बनेर कसैसँग झुक्न नपरोस् ।”
तालिममा सहभागिले आफूहरुले भोगेको महिला हिंसा र त्यसलाई आफूले कसरी प्रतिकार गरेँ भन्ने विषयमा आ – आफ्ना अनुभूतिहरु सुनाउनुभएको थियो ।

२० जना महिलाहरुको सहभागिता रहेको २ दिने तालिममा सञ्चारकर्मी अनिता आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?