लायन्स क्लवको प्रथम क्याबिनेट मिटिङ साउन ३२ मा थानकोटमा हुँदै, तयारी पूरा

appharu
0
Shares

काठमाडौं- लायन्स क्लव ईन्टरनेशनल ३२५ बि १ को पहिलो डिस्ट्रिक्ट ईन्सटलेशन तथा यस वर्षको प्रथम क्याविनेट मिटिङ आगामी अगष्ट १७ अर्थात साउन ३२ गते शनिबार हुने भएको छ । ग्रिनल्याण्ड ब्याङ्क्वेट, थानकोट, काठमाडौंमा हुने १०२ औँ अन्तर्राष्ट्रिय कन्भेन्सनमा एकैपटक ८४ वटा नयाँ क्लब खोलेर संसारकै नम्बर १ हुन सफल लायन ईन्दु लम्सालद्वारा नेतृत्व गरिएको डिस्ट्रिक्टको प्रथम क्याविनेट मिटिङलाई बिशेष महत्वका साथ हेरिन्छ। यो बैठकमा १०० भन्दा धेरै नयाँ क्लवको समुद्घाटन गरिने र नयाँ क्लवका सबै संस्थापक अध्यक्षहरुलाई सम्मान गरिने कार्यक्रम रहेकोछ। विश्व भरी लायन्स क्लवलाई मानवीय सेवा र सामाजिक क्रियाकलापका निम्ति अब्वल मानिन्छ।

नेपालमा महाभुकम्पका बेला पिडितहरुलाई उद्धार गर्ने र राहत सामाग्री वितरण गर्ने कार्यमा लायन्स क्लवका सदस्यहरुको भूमिका अग्र स्थानमा रहेको थियो। यस क्याविनेट मिटिङले लायन्सहरुमा छुट्टै उत्साह ल्याउने बिश्वास गरिएको छ। भव्य समारोहबीच हुने उक्त मिटिङमा सहभागी हुन देश भरिबाट दुई हजार भन्दा धेरै लायन्स सदस्यहरु काठमाडौं आउँदैछन् । । मिटिङमा सहभागी हुनका लागि हाल सम्म करिव पन्ध्र सय जनाले प्रि रजिष्ट्रेशन गरिसकेको र अन्य व्यवस्थापकीय सबै कार्यहरु समेत पूरा भैसकेको आयोजक लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका पूर्व अध्यक्ष तथा जोन चियर पर्सन अनुज कुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार श्रावण २७ गते भित्र अग्रिम रजिस्ट्रेशन गर्ने सबै सहभागीहरुले विशेष उपहारस्वरूप आकर्षक टोकन अफ मेमेन्टो प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?