ट्राफिक जाम हटाउने मन्त्री महासेठको घोषणा, कहाँ कहाँ बन्दैछ ‘ओभरहेड ब्रिज’ ?

काठमाडौं । सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

त्यसका लागि आवश्यक डिजाईनको काम सुरु भईसकेको मन्त्री महासेठको भनाई छ । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन गर्ने योजना पनि अघि सार्नुभयो ।

उहाँले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताउनुभयो ।
मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्ष भित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गर्नुभयो ।

उहाँले मुलुकमा रेल सेवा संचालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?