ससुराली पुगेका ज्वाइँले श्रीमती, सासू र सालो माथि गरे खुकुरी प्रहार

काठमाडौं । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन् । आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिक-६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका-८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार रहेको कुरा प्रहरी जनाएको छ । घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।

बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ ।

पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?