काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले ‘भिसा’ दिएको छ । भिसा अस्वीकृत गरेको तीन घन्टापछि फेरि बोलाएर अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिएको हो ।
यसअघि, आज बिहान मात्र वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले अमेरिकी भिसाको लागि आवेदन दिनुभएको थियो । त्यसपछि सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताउनुभएको थियो ।
सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया