नवलपरासीमा एक पुरुष मृत फेला

काठमाडौं । नवलपरासीमा एक पुरुषको शव फेला परेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेजपुलस्थित ३२ नम्बर ढोकामा पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?