प्रहरीलाई १ हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने कपिलवस्तु बैरा नगरपालिकाम ८ घर भएका २८ वर्षीय छेन गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लु.१ ख ९९२३ नम्बरको ट्रक सडकमै पार्किङ गरेको अवस्थामा फेला पारी प्रहरीले कारबाही गर्ने क्रममा ट्रक चालक गिरीले कारबाहीबाट बच्न प्रहरीलाई दिएको उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?