सिन्जी कागवा स्पेनिस क्लबमा अनुबन्ध

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर सिन्जी कागवा स्पेनको दोस्रो डिभिजन क्लब रियल जारागोजामा अनुबन्धित भएका छन् ।

जापानी मिडफिल्डर कागवालाई जारागोजाले बोरुसिया डर्टमण्डबाट अप्रत्यासित रुपमा दुई वर्षको लागि अनुबन्ध गरेको छ । मिडफिल्डर कागवाको अनुबन्ध रकम भने खुलाईएको छैन ।

यस्तै जारागोजा कागवालाई शुक्रबार मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने जनाएको छ ।

३० वर्षे कागवा पछिल्लो सिजन बेसिकाट्सबाट लोनमा खेलेका थिए । कागवा सन् २०१४ मा इन्ग्लिश क्लबबाट डर्टमण्ड फर्किएका थिए ।

कागवाले युनाईटेडबाट दुई सिजन खेल्दै ३८ खेलमा ६ गोल गरेका थिए ।

जापानबाट उनले ९७ खेलमा ३१ गोल गरिसकेका छन् । रुस विश्वकपमा कागवा जापानिज टिममा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?