नवलपरासीमा ट्रकको ठक्करबाट पुल भासिएपछि …

काठमाडौं । ट्रकको ठक्करबाट पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको प्रहरीले जनाएको छ ।

पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?